सरकारले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिएको हो ।
आज नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न अनुरोध गरे ।
पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन उनले सुझाव दिए ।
नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डेल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको डा। पौडेलले जानकारी दिए ।