logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेश सभाको बैठक शनिबार बस्ने   


अंकुरण खबर
1.95K
Shares

बागमती प्रदेश सभाको बैठक यही असार २६ गते शनिबार दिउँसो ३ बजे बस्ने भएको छ।

असार सोमबार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए।

कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।