आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् ।
घरमा बसिरहेकी ११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
असार २२ गते बिहान साढे ७ बजेतिर जबरजस्ती करणी गरेको आरोपसहितको उजुरी परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रनाउ अधिकारीका अनुसार अदालतले आरोपितलाई जबरजस्ती करणीमा मुद्धा चलाइएको र बुधबारदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।