logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलामा पहिरो, ३ जनाको मृत्यु, एकको जिवितै उद्धार


अंकुरण खबर
1.69K
Shares

दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ ।

पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उहाँकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको हो ।

पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ ।

यसैबीच नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिए । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको उनको भनाइ छ ।

बुधबार रातीको अबिरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मुलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन् ।

घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् ।