पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।