आज अधिकांश स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुनी वायुको प्रभावले अहिले मुलुकका अधिकांश ठाउँमा भारी वर्षा भइरहेको छ ।
आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भोली (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । माहाशाखाका अनुसार पर्सी २७ गते आईतबार पनि सामान्य देखि पूर्ण बदली हुने जनाएको छ । प्रदेश १ गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विभिन्न ठाँउमा अविरल बर्षा भैरहेकाले बाढी पहिरोको उच्चा जोखिम रहेकाले आवश्यक सावधानी अप्नाउन सबैलाई आग्रह गरेको छ ।