अविरल वर्षा पछि आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
खोड्पे–बझाङ सडकखण्डको ढोल्यामोडमा पहिरो खस्दा बिहीबार राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट बैतडी र तराईका लागि छुटेका गाडीहरु बीच बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेकाले राजमार्ग सञ्चालनमा केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
पहिरो पन्छ्याउनका लागि समन्वय भइरहेको प्रहरीको भनाइ छ । सडक पहिरोका कारण अवरुद्ध भए पछि यात्रु तथा सवारीसाधन हलपत्र अवस्थामा रहेका छन् ।