लगातारको बर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका बालकको शव भेटिएको छ।
बिहीबार बिहान अविरल बर्षाका कारण सिद्धार्थ राजमार्गमाथिबाट ढुंगासहितको पहिरो जाँदा तिनाउँ गाउँपालिका ५ गिट्टिखानीका ४ वर्षीय आरभ परियार बेपत्ता भएका थिए।
बेपत्ता परियारको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
पहिरोले घर पुरिँदा सोही ठाउँका ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो । पहिरोले ५ घर पुरेको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ।