logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा दुई समूहबीच झडप, झडप देखेर एक वृद्धको मृत्यु


अंकुरण खबर
728
Shares

चन्द्रपुरमा दुई पक्षबीच झडप भएको छ । गतराति झडप भइरहेको समयमा झडप हेर्दै गरेका एक वृद्धको मृत्यु भएको छ ।

दोहोरो झडपमा आठजना घाइते भएका र केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको भएको बताइएको छ।

झडप देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरीलगायत घाइते भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति १० बजे दुई पक्षबीच झडप भएको हो ।