logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दल दर्ता खारेज पार्टीलाई बदनाम गर्ने दुष्प्रचार भएको माओवादी केन्द्रको भनाइ


अंकुरण खबर
1.014K
Shares

माओवादी केन्द्रले आफ्नो पार्टीलाई पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिहरूले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेको स्पष्ट पारेको छ।

माओवादी केन्द्रले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको बताएको छ।

कार्यालयका कार्यलय सचिव श्रीराम ढकालद्वरा हस्ताक्षरित विज्ञप्तिमा त्यसरी निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्नेहरू भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ।’

केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले दुष्प्रचार गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

माओवादी केन्द्रले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न पनि आग्रह गरेको छ।

अनधिकृत तथा आयोगसँग सरोकार नै नराख्ने निवेदन स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगर्न माओवादी केन्द्रले आयोगलाई पनि आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ति