logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा


अंकुरण खबर
780
Shares

प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको हो ।

उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

नतिजाको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइटमा राखिएको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।