logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारी दुर्घटनामा परी एमाले नेता प्रसाईंको निधन


अंकुरण खबर
1.898K
Shares

नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु  भएको छ।

शुक्रबार मध्यान्ह १२ बजेतिर भद्रपुर ९ चारआली–चन्द्रगढी सडक खण्डमा  प्रसाईं आफैंले चलाएको बा १६ च ८१८२ नम्वरको कार चन्द्रगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको झण्डै आधा घण्टापछि मृत्यु भएको प्रहरीले बताएको छ।