logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारको ठक्करबाट चितवनमा एकको मृत्यु, तीन जना घाइते


अंकुरण खबर
793
Shares

कारले स्कुटरलाई ठक्कर दिदा चितवनमा एक बालकको मृत्यु भएको छ । भने तीन जना घाइते छन् ।

स्कुटरमा बसेका खैरहनी-१२ का ५ वर्षिय आरुष अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज दिउँसो ३:३५ बजे मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती-३ झुरझुरेमा भण्डाराबाट नारायणगढ आउदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरित दिशाबाट आइरहेका दुई स्कुटरलाई दिउँसो ३:१० बजे ठक्कर दिएको थियो ।

प्रदेश ३, ००३ प ६८८८ नम्बरको स्कुटर र प्रदेश नम्बर ३-००२ प ६४८३ नम्बरको स्कुटर दुर्घटनामा परेका थिए । पहिलो स्कुटर चालक खैरहनी-१२ का ३५ वर्षिय राजकुमार अधिकारी दाहीने खुट्टा र मुखमा चोट लागेको छ । पछाडी बस्ने उनका ५ वर्षिय छोराको ज्यान गएको छ ।

दोस्रो स्कुटरका चालक रत्ननगर-१५ का १८ वर्षिय निशान भट्टराई र स्कुटरमा बसेका सोही ठाउका २० वर्षिय सन्तोष पोखरेल घाइते छन् । घाइते सबैको अवस्था मध्यम रहेको चितवन प्रहरिले जनाएको छ ।