लमजुङको जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् ।
लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं ३ निवासी ४८ वर्षीय फुलमाया विकले कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
उनलाई शुक्रबार बिहान करिब ५ बजे कारागारको शौचालयमा सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको थियो । विक करिब २ महिनाअघिदेखि कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी थिइन्।
मृतक विकको शवको पोष्टमार्टमा गर्न पठाइसकिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।