logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग


अंकुरण खबर
897
Shares

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको हो ।

पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको र शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ ।

पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।