logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको निरीक्षणका लागि प्रधानमन्त्री प्रस्थान


अंकुरण खबर
3.471K
Shares

बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमार्फत प्रस्थान गरेका छन् ।

सेनाको एनए-०५३ हेलिकप्टर मार्फत प्रधानमन्त्री ओलीसहितको १२ जनाको टोली शनिबार बिहान पौने ११ बजे बालुवाटारबाट सिन्धुपाल्चोक गएको हो ।

प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँनेछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।