पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।
पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको घटनास्थलमै मृत्यु भएको भने घाइते भएका थप एकजनाको मृत्यु भए संगै मृतकको संख्या तीन पुगेको हो ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको हो ।
शवको पाल्पा अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
गत बिहीबार बिहान ४ बजे माथिबाट झरेको पहिरोले पुरिएर ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।