नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यको लागि क्रियाशील कार्यदल बैठक आज पनि बस्दैछ ।
सिहदरबारमा बस्ने आजको बैठकमा सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ । बैठकका लागि दुवै पक्षका नेताहरु अहिले सिंहदरबार पुगेका छन् ।
बैठक अघि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा रहेकाले विहान ८ बजेका लागि बोलाइएको बैठक केही ढिलाइ भएको हो ।
नेपाल समूहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि अहिले सिंहदरबार पुगेका छन् । ओली समूहका नेताहरु यसअघि नै पुगेका थिए ।