सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी–२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी–३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन ।
फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान आरआइटी समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लक्ष्मणलाइ सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा उनि फरार रहदै आएका थिए ।
यसै गरी अर्का बिकाशलाई पनि सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनि पनि फरार रहदै आएका थिए ।
फरार पश्चात पक्राउ परेका दुबै जनालाइ सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाईएको छ ।