logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापक पक्राउ


अंकुरण खबर
1.573K
Shares

आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरामा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका हुन् ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालले १५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

प्रअ बास्तोलाको दुर्व्यवहार खुलेपछि गाउँलेले उनलाई कुटपिटसमेत गरेका थिए । त्यसै क्रममा प्रहरी गाउँ पुगेर उनलाई पक्रेर ल्याएको हो ।

बालिकाको परिवारले छोरीमाथिको दुर्व्यवहार विरुद्ध प्रहरीलाई जाहेरी दिएको छ ।