ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ मा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।
स्थानीय लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्ले्जुङले जनाएको छ ।