logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध


अंकुरण खबर
1.118K
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

आइतबार बिहान ११ बजे सुरु भएको बैठक दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले कार्यकर्ता पोस्न करोडौं रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै तथ्यसत्य बाहिर नआउँदासम्म बैठक चल्न नदिने एमालेले जनाएको छ ।

‘सरकारले आर्थिक वर्षको अन्त्यमा आएर करोडौं रुपैयाँ बाँडेको छ । कुन सांसदको सिफारिसमा योजना बाँडिए रु कारण के हो रु जवाफ नपाएसम्म संसद् चलाउन दिँदैनौं,’ एमाले सांसद रामशरण बस्नेतले भने । उनले असार २३ मा उपभोक्ता समिति गठन गर्ने, योजना छनोट गर्ने र रकम विनियोजन गर्ने काम भएको बताए ।

सरकारले सामान्य सहकारी र क्लबको जस्तो बजेट समेत ल्याउन नसकेको भन्दै बस्नेतले आर्थिक ऐन, आर्थिक नियमावली, सार्वजानिक खरिद, ऐन–नियमावलीअनुसार बजेट वितरण नभएको आरोप लगाए । उनले सर्वपक्षीय समिति बनाएर छानबिन गर्नसमेत माग राखेका छन् ।