नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता हुँदैछ ।
आज दिउँसो तीन बजे देउवा र सिटौलाबीच बूढानीलकण्ठमा छलफल हुन लागेको देउवाका स्वकीय सचिव भानु देउवाका बताएका हुन्।
पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको बुझिएको छ ।
आज देउवाले सिटौलासँग कुराकानी गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आज सिटौलासँग संवाद गर्न खोजेको देखिन्छ ।
देउवा भर्सेस संस्थापन इत्तर पक्षको एकल उम्मेदवार बाउने उद्देश्यसहितको छलफलमा सिटौला पनि सहभागी थिए ।