logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर बुवाको मृत्यु, छोरा घाइते


अंकुरण खबर
754
Shares

चट्याङ लागेर भीमदत्त नगरपालिका–९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आइतबार बिहान मृत्यु भएको छ। उनका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबु छोरा बसेका बेला चट्याङले लागेको हो।

चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।