शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले पाल्पामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका–२ दोभानस्थित सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका र टाढा टाढा पुग्ने यात्रु बीचबाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
यस्तै, बगनासकाली गाउँपालिकाको राम्दी नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको भएपनि वर्षा निरन्तर भइरहेका कारण रामाजर्ग सुचारु हुन केही समय लाग्ने उनको भनाइ छ ।