सिंहदरबार अगाडी नागरिक आन्दोलनले प्रदर्शन गरेको छ ।
स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध तथा धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायतका नागरिक अगुवा रहेका छन् ।
पक्राउ गरेका नागरिक अगुवाहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखिएको बताइएको छ ।