पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले शंख फुकेर विरोध गरेका छन् ।
विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंस्थीत माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारको शंख फुकेर विरोध गरेका छन् ।
विद्यार्थी संगठनले संयुक्त रुपमा सोमबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा समेत गरेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थी संगठनले विरोधका कार्यक्रम घोषणा गरेको हो ।