logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध


अंकुरण खबर
754
Shares

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४: ४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ।

यसअघि पनि पहिरोका कारण यो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।