logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

प्रधानमन्त्री ओली र नेपाल पक्षबीच १० बुँदे सहमति


अंकुरण खबर
1.066K
Shares

सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि सहमति भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको छ। बिहान साढे ९ बजेदेखि जारी बैठक राति १० बजेमात्र सकिएको छ।

कार्यदल बैठकले १० बुँदे सहमति कायम गरेको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए।

पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेकालाई नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको र त्यसलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसमक्ष प्रस्तुत गरिने बताए।

एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।

के छ १० बुँदे सहमतिमारु तल हेर्नुहोस् :