logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विर्तामोडमा युवतीको शव फेला


अंकुरण खबर
2.353K
Shares

विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको छ।

पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको आज बिहान शव फेला परेको हो।

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।