logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई अझै खोप सहयोग गर्छौं : चिनियाँ राजदूत यान्छी


अंकुरण खबर
845
Shares

चीनले नेपाललाई थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताएकी हुन् ।

चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्यअन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल आइसकेको र चीनबाट आउनेका लागि सहमति भएको गरी ५८ लाख खोप उत्तरी छिमेकीबाट आउँछ ।

उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने पनि बताइन् ।

साथै, उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको पनि सम्झिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो ।