सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
१४९ सांसदले दिएको निवेदन अनुसार धारा ५ अनुसार प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुगेको हो।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ७ गते बोलाउन सर्वोच्चले आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।