चितवनमा दुई जनामा कोभिड-१९ को डेल्टा भेरियन्ट फेला परेको छ ।
अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा डेल्टा ( B1.617.2-like) पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका भित्रका पाँच वटा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको थियो ।
अस्पतालको अनुसार पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोभिड डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ ।
डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरूलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरूले बताएका छन् ।