logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल पक्षका २३ सांसदहरुलाई दलको ह्वीप नलाग्ने


अंकुरण खबर
676
Shares

सर्वोच्चको संवैधानिक इजलासले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन प्रक्रियामा सांसदहरुले स्ववीवेकी अधिकार प्रयोग गर्न पाउने ठहर गरेको छ ।

त्यस अनुसार विपक्षी गठबन्धनका उम्मेद्वार कांग्रेस सभापति शेरबहादुर देउवाललाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेका एमाले सांसदहरुले पार्टीको ह्वीप नलाग्ने भएको छ ।

आज सर्वोच्चको संवैधानिक इजलासमा बहस सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

त्यस्तै आज प्रतिनिधि सभा विघटन बदर गर्दै संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री बनाउन समेत परमादेश जारी गरेको छ । देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षका २३ सहित जसपा र राष्ट्रिय जनमोर्चाका गरि १४६ जना सांसदको समर्थन रहेको छ ।