logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा  नेपालमा थप दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

११ हजार पाँच सय ८४ जनामा गरिएको परीक्षणमा दुई हजार तीन सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार छ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा एक हजार छ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा पुष्टि भएको छ।

आज देशभर ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या नौ हजार चार सय पुगेको मन्त्रालयले जनाएको छ ।