logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा पुन:स्थापनालगतै सरकारद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य


अंकुरण खबर
637
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रयसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्।

राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएपछि संघीय संसद कार्यालयले अधिवेशन अन्त्य गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रपति भण्डारीलाई राष्ट्रिय सभाको चालू अधिवेशन सोमबार मध्यराति १० बजेदेखि अन्त्य गर्न सफारिस गरेको थियो।

चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने भएको छ।

सर्वोच्च अदालतले प्रतिनिसभा पुनर्स्थापना गर्दै मंगलबार अपरान्ह पाँच बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको कार्यालयलाई परामादेश जारी गरेको केहीबेरमै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन।