एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यस विषयमा छलफल गर्न दिउँसो १ बजे एमालेको स्थायी कमिटी बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा सरकारबाट बाहिरिने, सर्वोच्चको आदेशबारे समीक्षा गर्ने बताइएको छ। यस्तै एमालेको आन्तरिक विवादबारे पनि ठोस सहमतिको प्रयास बैठकले गर्ने छ।
सोमबारको स्थायी कमिटी बैठकमा एमाले विवाद समाधान कार्यदलका माधवकुमार नेपाल पक्षीय नेता भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए। दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो।
स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक तय हुने तामाङले जानकारी दिए।