logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरका फरक दुई स्थानमा दुई पुरुष मृत फेला


अंकुरण खबर
715
Shares

मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुष मृत फेला परेका छन् ।

बिहान करिब साढे ५ बजे बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङको बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको छ ।

मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करिब ५० वर्षीय पुरुषको शव बिहान ७ फेला परेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन ।

दुवै शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।