logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० बुँदे सहमति बुझाउन एमाले कार्यदलका सदस्य नेपाल निवासमा


अंकुरण खबर
1.794K
Shares

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित वार्ता टोलीका नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन्।

कार्यदलले जुटाएको १० बुँदे सहमति बुझाउन कार्यदलका सदस्यहरु कोटेश्वरस्थित निवास पुगेका हुन् ।

नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।

कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा वरिष्ठ नेता नेपाललाई जानकारी गराउन आफूहरु कोटेश्वर गएको बताए ।

यसअघि कार्यदलका नेपाल पक्षधर संयोजक भीम रावलले सोमबार साँझ नै बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाइसकेका छन् ।

वरिष्ठ नेता नेपालले प्रतिनिधिसभा पुनस्थापनाको एजेण्डा सकिए लगत्तै आफू पार्टी एकतामा लाग्ने बताए । त्यसका लागि उनले सोमबार नै विपक्षी गठबन्धनबाट अलग हुने निर्णय सुनाइसकेका छन् । उनले पार्टी एकताका लागि कार्यदलले तयार पारेको १० बूँदे सहमतिमा आफू सहरात्मक रहेको प्रतिक्रिया दिएका छन् ।