logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवासँग छलफल गरेपछि माओवादीले मन्त्रीबारे टुंगो लगाउने


अंकुरण खबर
1.17K
Shares

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागिताका बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ।

मंगलबार बिहान पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भावी प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् गठन, सरकार सञ्चालनको विधि लगायतका बारेमा तुरुन्तै छलफल गर्ने निर्णय गरेको जानकारी दिए।

आज नै प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त हुने र मन्त्रिपरिषद् गठन गर्ने सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनलाई अघि बढाउने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भने।

आज मन्त्रिमण्डलमा जाने कुरा ठोस रुपमा हुने उनले बताए। ‘आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कुन–कुन पार्टी सहभागी हुने भन्ने बारेमा पहिला टुंगोमा पुग्न आवश्यक छ’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिले नै पार्टीबाट सहभागी हुने नाम बारेमा प्रवेश गरेका छैनौं।’