logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २३९८ संक्रमित, १२ जनाको मृत्यु


अंकुरण खबर
1.183K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनामा संक्रमणल पुष्टि भएको हो भने, यही अबधिमा १२ जना संक्रमितको मृत्यु भएको छ

७ हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएका छन् ।