नयाँ बन्ने मन्त्रीमण्डलमा माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल पठाउने तय भएको छ ।
आज साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिन लागेका शेरबहादुर देउवाले भुसाल र शर्मालाई मन्त्री बनाउने भएका हुन् ।
तर यस विषयमा माओवादीले भने आधिकारीक धारणा सार्वजनिक गरिसकेको छैन । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सूची तयार गर्न स्थायी समिति बैठक बस्ने भनेको थियो तर अहिलेसम्म बैठक भने बसेको छैन ।
आधिकारीक धारणा नआएपनि माओवादीबाट भुसाल र शर्मालाई सरकारमा पठाउने तयारी भएको माओवादी स्रोतले जनाएको छ ।