कोन्ज्योसोम गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
कोन्ज्योसोम–१ चौघरेस्थित ठोस्ने खोलाका ६६ वर्षीय फ्याङसिर घ्यावा सोमबार दिउँसो पक्राउ परेका हुन् ।
उनले सात वर्षीया बालिकालाई ललाईफकाई बलात्कार गरेको आरोप लागेको छ । घ्यावाले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।