logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार भने घट्यो


अंकुरण खबर
1.521K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ ।

आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ५४ करोड  ६३ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा भएको छ । त्यस्तै, सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बंगालादेश बैंकको भएको छ । यस कम्पनीको आज ४५ करोड भन्दा बढीको कारोबार भएको छ ।