नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलका लागि तीन महत्वपूर्ण मन्त्रीको टुंगो लागेको छ । गृह, अर्थ र उर्जा मन्त्रीको टुंगो लागेको हो ।
देउवाले अर्थ मन्त्रालय र उर्जा मन्त्रालय माओवादी केन्द्रलाई दिएका छन् भने गृहमन्त्रालय आफूले राखेका छन् । गृहमन्त्रीमा कांग्रेसका बालकृष्ण खाण नियुक्त हुने भएका छन् ।
अर्थमन्त्रीमा माओवादीका जनार्दन शर्मा र उर्जा मन्त्रीमा माओवादीकै पम्फा भुसाल नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवासँगै उनीहरुले आजै सपथ लिने भएका छन् ।