नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपति कार्यालयलाई आफ्नो विज्ञप्ति सच्याउन आग्रह गरेका छन।
राष्ट्रपतिको कार्यालयले ‘सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ भन्दै विज्ञप्ति निकालेपछि देउवाले त्यसलाई सच्याउन आग्रह गरेको हुन।
पत्र नसच्याउँदासम्म शपथ उनले नलिने बताएका छन्।
देउवाले आफू नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने बताएका छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो ।
