पहिरो खसेसँगै अछाम-सुर्खेत सडकखण्ड अवरूद्ध भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत कमलबजार नगरपालिका कीर्तिपुरमा पहिरो जाँदा सो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अछामबाट सुर्खेत जाने सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध भएको प्रहरीको भनाइ छ ।
पहिरो खस्दा दोहोरो सवारी आवागमन प्रभावित बनेको छ। अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।