logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली सरकारले हालसम्म गरेको खर्च विवरण सार्वजनिक गर्ने सरकारको तयारी


अंकुरण खबर
2.002K
Shares

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा यसअघिको सरकारले गरेको खर्चको विवरण सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कोभिड १९ रोकथाम र उपचारमा हालसम्म गरिएका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेपछि मंगलवार राति सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ताको जिम्मेवारी पाएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।