logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारबाट र्‍यालीसहित बाहिरिए ओली


अंकुरण खबर
611
Shares

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामसाझ सहित बाहिरिएका छन्।

ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।

युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ। ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ।

सरकारी निवासभित्रबाटै एमालेका कार्यकता ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन्। र्‍यालीका कारण राजधानीका सडक अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ।

सर्वोच्च अदालतको मंगलबारको आदेशपछि ओलीको प्रधानमन्त्री पद गुमेको हो।