logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खेतमा काम गर्ने क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु


अंकुरण खबर
689
Shares

उदयपुरमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगैको चट्याङबाट ललिता सदा र फूलकुमारी सदाको ज्यान गएको हो ।

घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

चट्याङले गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकामा ज्यान गएको हो।